मिस थारु जेनिशा

- साप्ताहिक संवाददाता

पुस ९, २०७४

 

चितवनकी जेनिशा चौधरी यो वर्षको मिस थारु बन्न सफल भएकी छिन् । मिस्टर थारुको यो वर्षको उपाधि सिराहका चन्दन चौधरीले उचालेका छन् । यसै साता सम्पन्न उक्त प्रतियोगीतामा मुख्य निर्णायकको भूमिका निर्वाह गरेकी मिस नर्थ इन्डिया २०१३ ईशा सिंहले मिस थारुकी विजेता जेनिशा ताज पहिर्‍याएकी थिइन् । विजेताका रुपमा जेनिशा र चन्दनले नगद पुरस्कार पचास हजार पनि प्राप्त गरे ।

प्रतियोगितामा सुभम चौधरी र सम्झना चौधरी फस्ट रनर अप तथा प्रधुमन चौधरी र एरिशा चौधरी सेकेन्ड रनर अप चयन गरिएका थिए । फस्ट र सेकेन्ड रनर अप विजेतालाई क्रमश: नगद पुरस्कार बीस हजार र दश हजार प्रदान गरिएको थियो । 

थारु अनलाइनि मिडियाको आयोजना र नेक्स्ट इभेन्ट इन्टरनेसनलको व्यवस्थापन रहेको सो प्रतियोगितामा शुभम चौधरी मोस्ट ट्यालेन्टेड र भिअर च्वाइस अवार्ड विजेता छनौट भए । यसैगरी जोसेफ विश्वास र पार्वती आरजी चौधरी पर्सनालिटी, महेश महतो र रिन्कु पन्जियार थारु वेष्ट ड्रेस, आशिष महतो र सम्झना चौधरी वेष्ट वाक विधामा विजेता बन्न सफल भएका छन् । 

प्रतियोगितामा शेखर चौधरी पब्लिक च्वाइस तथा अनुका चौधरी वेष्ट कल्चरल रिप्रिजेन्ट विधामा पुरस्कृत भएका थिए । 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्