पर्ख पर्ख बिन्दु

- साप्ताहिक संवाददाता

पुस ९, २०७४-

नेपाली चलचित्रमा पाश्र्व गायक–गायिकाहरूको संख्या बढ्दो छ । यही क्रममा थपिएकी एउटी नयाँ गायिका हुन्– बिन्दु परियार । त्यसो त बिन्दुले आधुनिक गायनमा आफ्नो अलग स्थान बनाइसकेकी छिन् ।

झन्डै १ सय ५० वटा गीत रेकर्ड गराइसकेकी यी गायिका अहिले दर्शक तथा स्रोताको मनमा बस्न सफल छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र मंगलमको ‘पर्ख पर्ख मायालु...’ गीतको लोकप्रियतासँगै बिन्दुको व्यस्तता ह्वात्तै बढेको छ ।

दीपक शर्माको संगीत निर्देशनमा गायक कृष्ण काफ्लेसँगको बिन्दुको गायनको प्रशंसा गर्नेहरू प्रसस्तै छन् । केही वर्षअघि दाङको तुलसीपुरमा सम्पन्न गायन आइडलमा प्रथम भएको क्षणलाई सांगीतिक यात्राको टर्निङ प्वाइन्ट मान्ने बिन्दुले उक्त उपाधिसँगै चलचित्र अप्रिल फूलमा पाश्र्व गायनको अवसर प्राप्त गरेकी थिइन् ।

चलचित्रको गीतबाटै गायन यात्रा प्रारम्भ गर्ने बिन्दुले पर्ख पर्ख मायालुको सफलतासँगै पाश्र्व गायनमा सक्रिय हुने सम्भावना देखाएकी छिन् । यसबीच उनले आफ्नो पहिलो एकल एल्बम नजर मात्रमा समावेश गरिने लाउनेले नजर लगाए गीतबाट समेत सफलता हात पारेकी छन् । प्रियंका कार्कीको नृत्यसहितको उक्त गीत कम समयमै लोकप्रिय भैसकेको छ । 

 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्