बारुलाको म्यूजिक भिडियो

- साप्ताहिक संवाददाता

पुस ९, २०७४-

गायक नरजंग गुरुङ्गको स्वरमा रहेको नेपाली लोकपप गीत ‘बारुला’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । एक युवकले युवतीलाई आफ्नो माया जालमा पार्न अपनाउने तरिका गीतको मयूजिक भिडियोमा देखाउँन खोजिएको छ । 

शमशेर गहतराजको शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा अभिनेत्री ज्योत्सना योगीसँग गायक आाफै देखिएका छन् । भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा छायांकन धिरजजंग शाहको रहेको छ ।

२०६३ सालदेखी संगीत क्षेत्रमा रहेका नरजंग गुरुंग चलचित्रका अभिनेता समेत हुन् । उनले गुरुंग चलचित्रमा पनि गीत गाएका छन् । उनले हालसम्म चलचित्र र एल्बम गरी २५० बढि गीत गाएका छन् । 

बारुलाको म्यूजिक भिडियो : 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्