पूर्वका आठ सहरमा सर्जमिन

- साप्ताहिक संवाददाता

पुस ९, २०७४-

पुस २४ गते पूर्वाञ्चलका विभिन्न आठ सहरमा नाटक सर्जमिन मञ्चन हुने भएको छ । दोस्रो पूर्वाञ्चल नाट्य यात्रा–२०७४ अन्तर्गत मण्डला थिएटर नेपालको सहयोगमा पूर्वाञ्चलको केन्द्र, इटहरीबाट उक्त नाटक मञ्चन प्रारम्भ हुने बताइएको छ ।

प्रवीण खतिवडाको निर्देशनमा तयार पारिएको उक्त नाटकमा बुद्धि तामाङ, विजय बराल, विकास जोशी, उमेश तामाङ, सोमनाथ खनाल, रञ्जना ओली, बिनिता गुरुङ, संयोग गुरागाईं, रोहित पौडेल, सिजन दहाल, इंगिहोपो कोइँच सुनुवार आदिको अभिनय रहनेछ ।

नाटक इटहरीबाट सुरु भै मोरङको विराटनगर, बेलबारी, रमाइलो, लेटाङ र झोराहट, इलामको चुलाचुली तथा झापाको धुलाबारीमा मञ्चन हुनेछ । 

 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्