किरणको नयाँ गीत

- साप्ताहिक संवाददाता

पुस ८, २०७४-

गायक किरण भुजेलको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्यूजिक भिडियोमा टेलिचलचित्रमा स्थापित कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज)ले अभिनय गरेका छन् । 

संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि राम्रै चर्चा पाएको थियो । ‘माया मै साग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन् । 

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ ।

उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन् । उनले समेत यो भिडियो आशालाग्दो कामको रुपमा हेरेका छन् । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् । 

गीतको म्यस्जिक भिडियो

 

प्रकाशित :पुस ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्