Teej banner

क्रिसमस फेसन

  • क्रिसमस इभ सेलिब्रेसन

- साप्ताहिक संवाददाता

पुस ८, २०७४

क्रिसमस इभ सेलिब्रेसन

क्रिसमस इभ अर्थात् डिसेम्बर २४ तारिखको साँझ क्रिसमस फेसन शोका साथमा रंगारंग कार्यक्रम आयोजित हुँदैछ । राइज म्युजिक तथा अमिर कलाकेन्द्रले आयोजना गर्ने उक्त फेसन शोमा टेलिशृंखला भद्रगोलकी रक्षा श्रेष्ठ सोस्टपर रहनेछिन् भने बालकलाकार कुशाग्र भट्टराई पनि र्‍याम्पमा देखिनेछन् । विनोद सिंह र पूजा श्रेष्ठको कोरियोग्राफी रहने यो शोमा कलाकार महादेव त्रिपाठीले हास्य प्रस्तुति दिनेछन् । 

 

मिति : पुस ९ गते, आइतबार स्थान : यगम्बर बेन्क्वेट, बग्गीखाना, सिंहदरबार 

क्रिसमस फेसन शो

क्रिसमसको अवसर पारी पुस १० गते काठमाडौंमा क्रिसमस फेसन रनवे–२०१७ को आयोजना हुँदैछ । गोल्डेन ड्रागन ब्याङकेट, नयाँबजारमा सोमबार दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म चल्ने यो शोको आयोजना पोखरास्थित ओसिस इन्टरटेनमेन्टले गर्न लागेको हो । ४५ जना मोडललाई विभिन्न सिक्वेन्समार्फत र्‍यापमा उतारिने यो शो हेर्न ५ सय रुपैयाँको टिकट काट्नुपर्नेछ जहाँ डिजे विवेक, डिजे निक्की, डिजे फ्लोरा जी तथा डिजे राजुले डिजे सेसनमार्फत वातावरण तताउनेछन् । 

 

प्रकाशित :पुस ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्