लालपुर्जाको ट्रेलर

- साप्ताहिक संवाददाता

पुस ८, २०७४

 

चलचित्र ‘लालपुर्जा’को ट्रेलर रिलिज भएको छ । निगम श्रेष्ठ निर्देशित चलचित्रमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक श्रेष्ठले जग्गालाई लिएर हुने दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइ चलचित्रमा प्रस्तुत गरेका छन् । 

अतिथि लेखक समेत रहेका उपन्यासकार नगरकोटी यसमा केमियो भूमिकामा छन् । ट्रेलर रिलिज कार्यक्रममा कथाकार नगरकोटी निर्देशक बन्ने पनि जानकारी दिईएको छ । उनले आगामी चलचित्र ‘ज्ञ’मा निर्देशन गर्ने बताए ।

‘कथा, निर्देशन र संवाद मैले उक्त फिल्ममा गर्दैछु’ नगरकोटीले भने, ‘लालपुर्जा मेरा लागि मात्र फिल्म नभएर उत्सव समेत हो ।’ निर्माता विक्रमसिंह थारुले माघ ४ गते कलाकारिताको महाकुम्भ भएको बताए । 

लालपुर्जाको ट्रेलर : 

प्रकाशित :पुस ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्