पोखरा गुञ्जाउँदै कर्णदास

- राजाराम पौडेल

पुस ७, २०७४-

भोलि पुस ८ गते शनिबार पोखरा कर्णदासको सांगीतिक प्रस्तुतिमा गुञ्जँदैछ । रोलिङ स्टोन रक बार लेकसाइडमा सञ्चालन हुने उक्त कार्यक्रममा कर्णदासले आफ्ना नयाँ तथा पुराना गीतहरू सुनाउनेछन् ।

दिउँसो ४ बजेदेखि बेलुका साढे ७ बजेसम्म चल्ने कार्यक्रममा मर्कुस दास तथा हानोक दासले समेत प्रस्तुति दिनेछन् । कार्यक्रममा सहभागी हुन १ हजार रुपैयाँको टिकट काट्नुपर्नेछ । विभिन्न परिकारको स्वाद लिँदै कर्णदासका गीतमा रम्ने अवसर किन गुमाउने ?

 

 

प्रकाशित :पुस ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्