फर्डिनान्ड

- साप्ताहिक संवाददाता

पुस ७, २०७४

निर्देशक : कार्लोस साल्दान्हा

संगीत : जोन पोवेल

कलाकार : जोन सेना, केट मेक्किनो, एन्थोनी एन्डरसन, बबी क्यानाभेल आदि ।

बुल फाइट अर्थात् साँढे जुधाइ स्पेनको राष्ट्रिय खेल हो । त्यही खेलमा आधारित भएर एउटा बालकथा लेखिएको थियो । बालसाहित्यकार मुर्नो लिफद्वारा लिखित द स्टोरी अफ फेर्डिनान्डमा आधारित भएर निर्माण गरिएको एनिमेटेड चलचित्र ‘फेर्डिनान्ड’ क्रिसमसको अवसर पारेर रिलिज भएको छ । हास्यप्रधान यो चलचित्रको मुख्य पात्र फेर्डिनान्ड नाम गरेको एउटा साँढे हो, जो साह्रै सोझो छ । सानैदेखि उसलाई एउटी बालिकाले माया गरेर पालेकी हुन्छे ।

ठूलो भएपछि अजंगको देखिए पनि फेर्डिनान्डको मन भने निकै दयालु हुन्छ र ऊ कसैलाई घात पुर्‍याउन सक्दैन । डराउने र आफैंमा मस्त रहने स्वभावको फेर्डिनान्ड साँढे परिबन्दमा पर्छ र ऊ बुल फाइटका लागि छानिन्छ । जबकि फेर्डिनान्डलाई फाइट गर्न आउँदैन ।

बुल फाइटका लागि राखिएका विभिन्न डरलाग्दा साँढेहरूको बीचबाट उसको उद्धार गर्ने प्रयास गर्छन्— एउटा कर्कसे बोका र तीनवटा दुम्सीले । फेर्डिनान्ड फेरि आफूलाई माया गर्ने बालिका कहाँ पुग्छ त ? भन्ने कौतूहलतामै चलचित्रको कथा अगाडि बढेको छ । 

 

प्रकाशित :पुस ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्