सलमानको टाइगर जिन्दा है

- साप्ताहिक संवाददाता

पुस ७, २०७४-

निर्देशक : अलि अब्बास जफर

संगीत : विशाल शेखर

कलाकार : सलमान खान, कटरिना कैफ, गिरीश कर्नाड, साजद डेल्फ्रुज आदि । 

पाँच वर्षअघि प्रदर्शित सलमान खानको सुपरहिट चलचित्र ‘एक था टाइगर’को सिक्वेलका रूपमा आज शुक्रबार विश्वभर एकसाथ प्रदर्शन हुने चलचित्र ‘टाइगर जिन्दा है’ केही सत्य घटनाबाट प्रेरित छ । कथाअनुसार इराकको सबैभन्दा खतरनाक आतंकवादी संगठन आईएससीले २५ जना नर्सलाई बन्दी बनाएको हुन्छ ।

त्यहाँबाट ती नर्सलाई जिउँदै उद्धार गर्ने कार्य जो–कसैको वशको कुरा होइन । यस्तो अवस्थामा भारतीय सरकारले जासुसी एजेन्ट टाइगरलाई उक्त कार्यको जिम्मेवारी सुम्पिन्छ । टाइगर चलाख हुनुका साथै खतरनाक लडाकु पनि हो । शत्रुले भन्दा निकै अगाडिको सोच्ने टाइगरलाई उक्त मिसनमा पाकिस्तानी जासुस जोयाले साथ दिन्छिन् ।

उनीहरू दुवै जना मिशन सफल बनाउन लागिपर्छन् । सलमान खान पाँच वर्षपछि फेरी टाइगर स्वरूपमा देखिएका छन् । यसपटक उनको ‘र्‍याम्बो’ स्टाइलले दर्शकको मन जित्ने विश्वास लिइएको छ । पाकिस्तानी जासुस जोयाको भूमिकामा देखिने कटरिना कैफले आफ्नो सुन्दरतालाई कामूक ढंगबाट प्रस्तुत गर्नुका साथै एक्सन दृश्यमा समेत आफ्नो कला देखाएकी छिन् । सलमान खानका पछिल्ला केही चलचित्रले उनलाई व्यवसायिक रूपमा निराश बनाए पनि ‘टाइगर जिन्दा है’ यो वर्षकै सबैभन्दा सफल चलचित्र हुने विश्लेषकहरूको अनुमान छ ।

 

प्रकाशित :पुस ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्