Teej banner

पुष ७ देखि १३ गतेसम्मको राशीफल

  • पुस १० गते : क्रिसमस दिवस ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

पुस ७, २०७४

 

मेष 

स्वदेशमै उत्कृष्ट रोजगारीको अवसर प्राप्त हुन सक्छ । लामो दूरीको यात्रामा खराब आचरण भएकाहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला । मित्र तथा नातेदारहरूको निम्तामा मनोरञ्जन गर्दा शरीरिक थकान महसुस हुनेछ । खेलकुद तथा अन्य प्रतिस्पर्धामा परिणाम आफ्नो पोल्टामै पर्न सक्छ । 

वृष 

होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । सरोकार नभएको विषयले फजुल खर्च बढाउनेछ । भविष्यको चिन्ताले सताउन सक्छ । विश्वास पात्रहरूलाई वचन दिँदा संयम अपनाउनुहोला । साताको अन्त्यमा भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

 

मिथुन 

अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । विचारमा कन्जुस्याइँ गर्ने मित्रहरूले समयको मूल्यलाई उपेक्षा गर्नेछन् । विभिन्न यात्राको योग भए पनि लाभदायक यात्रा भने नहुन सक्छ । खर्च बेहोरी मनोरञ्जन गराउने मित्रहरू थुप्रै भए पनि आफूले अपजसको सामना गर्नुपर्ला । विभिन्न कार्य तर्जुमा गर्नुपर्ने हुँदा समाजसेवाको अनुभवसमेत हासिल हुनेछ । 

कर्कट 

परिस्थिति पहिचान गरी सम्पन्न गरिएको कार्यले उचित स्थान पाउनेछ । अवसरको खोजीमा थप मेहनत गर्नुपर्ने हुन्छ । साथीहरूको भनाइमा विश्वास गर्दा थप आर्थिक संकट बेहोर्नुपर्ने सम्भावना छ । आर्थिक कारोबारबाट टाढै रहनु उचित हुन्छ । साताको अन्त्यमा प्रशंसा गर्दै उपहार लिई भेटन आउनेसँग सचेत रहनुहोला ।

सिंह 

प्रतिस्पर्धामा राम्रो परिणाम हात पार्न सकिनेछ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाइनेछ । घरायसी व्यवहारबाट टाढै रहँदा करियर निर्माण सहज हुनेछ । प्रेम–प्रेमिकाको सपना साकार तुल्याउन वास्तविकताभन्दा फरक चरित्र निर्वाह गर्नुपर्नेछ । बोलीमा थप प्रभाव पार्न सुनौलो रंग हितकर हुनेछ ।

कन्या 

चुनौतीलाई अवसरका रूपमा आत्मसात् गर्न सके उचाइमा पुगिनेछ । गल्ती सच्याउने प्रतिबद्धताले प्रतिष्ठा बढाउनेछ । मेहनत गर्दा चित्तबुझ्दो अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूले तपाईंको कमजोरी पत्ता लगाउने प्रयत्न गारिरहेका छन्, जसलाई सहजै निराकरण गर्न सकिनेछ । ठूलाबडाको प्रेरणाले मन दह्रो भै समस्याको जरा पहिल्याउन सकिनेछ ।

तुला 

प्रियजनसँगको भेटघाटले साता रमाइलो बनाउनेछ । मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पर्नुका साथै सवारी साधन जोड्ने अवसर जुट्न सक्छ । सोमबार तथा मंगलबार अभिभावकहरूलाई रिझाउने प्रयत्न गर्नुहोला । 

वृश्चिक 

व्यवसायिक सफलता हासिल गर्न प्रेमिकाले खुलेर सहयोग गर्नेछिन् । शुभ कार्यमा धन खर्च गर्नुपर्ने हुन सक्छ । सरकारी तथा सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त होला । राजनैतिक संघसंस्थाहरूको निमन्त्रणामा सहभागी हुँदा वादविवाद सिर्जना हुन सक्छ, कम बोल्नु नै उपयुक्त हुन्छ । साताको अन्त्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ, चनाखो रहनुहोला ।

धनु 

तपाईंको लेखन तथा प्रभावशाली कार्यले उचित स्थान पाउनेछ । पारिवारिक वातावरणका कारण स्वास्थ्यमा गडबडी सिर्जना हुन सक्छ । सञ्चित धन खर्च गरी आभूषण खरिद गर्न पारिवारिक मत मिल्नेछ ।सामाजिक क्षेत्रमा गरिएका कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।

मकर 

सरकारी क्षेत्रको सम्मान एवं पदोन्नतिले उत्साह बढाउनेछ । दत्तचित्त भै काममा संलग्न भए लक्ष्य प्राप्ति गर्न सकिनेछ । विदेश जाने अवसर हात पर्न सक्छ । सामाजिक नेतृत्व वहन गर्ने अवसर जुट्नेछ । अभिभावकले तपाईंको भावनालाई बेवास्ता गर्दा खट्पट सिर्जना हुन सक्छ । 

कुम्भ 

नयाँ एवं पुराना कार्यको प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्‍याउनेछ । सामूहिक लगानीमा नयाँ कार्य प्रारम्भ हुनसक्छ । भौतिक साधनको उपयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । मन पराउने साथीको भावनाको कदर गर्नुहोला । नीलो रंगको अनुसरणले कुनै पनि काममा परिणाम नजिक पुगिनेछ । 

मीन 

भित्रभित्रै चियोचर्चा गर्नेहरूसँग सावधानी अपनाउनुहोला । नयाँ व्यवस्था फस्टाउन नसक्दा थप लगानीको आवश्यकताले पिरोल्नेछ । मौसमी फेरबदलबाट आइलाग्ने पारिवारिक अस्वस्थतामा समय खर्चनुपर्ला । प्रेमिकासँगको खल्लो सम्बन्धले निराशा सिर्जना गर्नेछ । साताको अन्त्यमा भने चर्चित प्राविधिक कम्पनीमा रोजगारीको अवसर जुट्न सक्छ । 

प्रकाशित :पुस ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्