ऐश्वर्य राय होइन नि

- साप्ताहिक संवाददाता

पुस ६, २०७४

अमेरिकामा मोडलिङ गर्दै आएकी मलाधा जबेरीको अनुहार तथा शरीरको बनावट बलिउड अभिनेत्री ऐश्वर्य रायसँग मिल्दोजुल्दो छ । झट्ट हेर्दा धेरैलाई छुट्याउन गाह्रो पर्छ ।

सन् १९८९ मा इरानमा जन्मिएकी जबेरी आफ्नो मोडलिङ करिअरलाई सोसल मिडियाबाट सार्वजनिक गर्छिन् । ५ फिट ८ इन्च जबेरीको इन्स्टाग्राममा मात्र २३ लाख फलोअर्स छन् भने उनी फेसबुक तथा ट्विटरमा पनि उत्तिकै सक्रिय छिन् ।

जबेरी योगले नै आफूलाई सुन्दर, तन्दुरुस्त एवं आकर्षक बनाउन मद्दत पुर्‍याएको कुरा बताउँछिन् । 

 

प्रकाशित :पुस ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्