क्यूटी मैयाँमा रोजिना र आमिरको रोमान्स

- साप्ताहिक संवाददाता

पुस ६, २०७४

गायिका रोजिना गुरुङ नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । क्यूटी मैयाँ...शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो । रोशन थापाको संगीत निर्देशनको उक्त गीतका शब्दहरु विद्याराज शिवाकोटीले रचना गरेका हुन् । किरण तुलाधरले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

गायिका गुरुङ तथा मोडल आमिर शेखले अभिनय तथा नृत्य गरेको उक्त गीतको म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । मोहन राज अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । भिडियोलाई लोकेश बज्राचार्यको भिएफएक्स तथा सम्पादन गरेका हुन् । पार्टी थिममा आधारित उक्त गीतको भिडियोलाई पनि पार्टी थिममै आधारित बनाइएको छ । गीतमा गायिका गुरुङले आकर्षक नृत्य समेत गरेकी छिन् ।

क्यूटी मैयाँको म्युजिक भिडियो :

 

प्रकाशित :पुस ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्