चित्रांगदा अब निर्मात्री

- एजेन्सी

पुस ६, २०७४

बलिउडमा यति बेला अभिनेता–अभिनेत्रीहरू चलचित्र निर्माता बन्ने क्रम जारी छ । प्रियंका चोपडा तथा अनुष्का शर्मापछि अभिनेत्री चित्रांगदा सिंहले पनि निर्मात्री बन्ने निर्णय गरेकी छिन् ।

चित्रांगदाले निर्माण गर्ने पहिलो चलचित्रको शीर्षक सुरमा राखिएको छ, जुन पूर्व भारतीय हकी कप्तान सन्दीप सिंहको जीवनमा आधारित हुनेछ ।

उक्त चलचित्रमा दिलजित दोसाँझ तथा तापसी पन्नु मुख्य भूमिकामा रहनेछन् । निर्मात्री बन्ने क्रममा उत्साहित चित्रांगदा आफैं भने दुईवटा चलचित्र साहेब बीबी और ग्याङस्टर–२ तथा बाजारमा दुई भिन्न चरित्रमा प्रस्तुत भैरहेकी छिन् । 

 

प्रकाशित :पुस ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्