एसियाकै हट

- एजेन्सी

पुस ५, २०७४-

अभिनेत्री प्रियंका चोपडा प्रतिभाशाली त छिन् नै, उत्तिकै हटसमेत छिन् । आफ्नो अभिनय तथा सुन्दरताका कारण बलिउडदेखि हलिउडसम्म चर्चा पाउन सफल प्रियंकाले हालै एउटा अर्को उपलब्धि हासिल गरेकी छिन् ।

उनले एसियाकै सबैभन्दा कामुक महिलाको उपाधि पाएकी छिन् । बेलायतमा एउटा पत्रिकाले गरेको सर्वेक्षणमा प्रियंकाले एसियाका ५० कामुक महिलाको सूचीमा पहिलो स्थान ओगटेकी हुन् । रमाइलो कुरा के छ भने प्रियंकाले पाँचौं पटक यो उपलब्धि हासिल गरेकी हुन् ।

सर्वेक्षणले आफूलाई पहिलो स्थानमा राखेलगत्तै प्रियंकाले त्यसको श्रेय आफूले नलिने घोषणा गरेकी थिइन् । यद्यपि उपाधिले आफू खुसी भएको उनले बताइन् । प्रियंका ब्युटी, ब्रेन, ब्रेभरी तथा सफा मनको सम्मिश्रण भएको सर्वेक्षण गर्ने संस्थाका प्रमुखले प्रतिक्रिया दिएका छन् । उक्त सूचीको दोस्रो स्थानमा टेलिअभिनेत्री निया शर्मा छिन् भने तेस्रो स्थानमा दीपिका पादुकोण छिन् । 

 

प्रकाशित :पुस ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्