Teej banner

नरेनको स्वर्ग मेरो गाउँ माघ १२ मा

- साप्ताहिक संवाददाता

पुस ४, २०७४

अभिनेता नरेन खड्काको अभिनय रहेको चलचित्र ‘स्वर्ग मेरो गाउँ’को प्रदर्शन मिति घोषणा गरिएको छ । माघ १२ गतेबाट प्रदर्शनमा ल्याइने निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँले जानकारी दिए । गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा चलचित्र निर्माण भएको हो । 

चलचित्रमा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शशी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । अभिनेता नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’बाट आफ्नो फिल्मी करिअर उकालो लाग्नेमा आशावादी रहेको बताएका छन् । 

 

प्रकाशित :पुस ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्