दर्शकलाई नयाँ दिन खोजेका हौं

  • सिताराम कट्टेल/कुञ्जना घिमिरे

- साप्ताहिक संवाददाता

पुस ४, २०७४-

अत्यन्त लोकप्रिय भैरहेको ‘म जुन दिनदेखि...’ गीतमा कसरी सहभागी हुनु भयो ? 

यो गीतको पछाडि लामै कथा छ । छोटकरीमा भन्नुपर्दा कुञ्जनाले हाम्रो विवाहको दसौं वार्षिकोत्सवमा दर्शकलाई केही नयाँ उपहार दिउँm भन्ने प्रस्ताव राखिन् । हामीले आफ्नै कलाकारिता तथा सामाजिक गतिविधिका तस्बिर तथा फुटेज राखेर भिडियो तयार पार्ने निधो गर्‍यौं ।

कार्यक्रमका क्रममा कतार पुगेका बेला प्रकाश कोइरालाको सहयोगमा बलिउडका छायांकार पप्पाले हामीलाई समुद्रको किनारमा गीत र संगीतबिना नै अभिनय गरेको दृष्य खिचे । काठमाडौं आएर गीतकार दिनेश थपलियासँग एउटा रोमान्टिक गीत रचना गर्न आग्रह गर्‍यौं भने संगीतकार अर्जुन पोखरेलसँग कर्णप्रिय धुन तयार पार्न अनुरोध गर्‍यौं ।

राजेशपायल राई तथा अञ्जु पन्तको स्वर उक्त गीतलाई सुहाउँछ भन्ने संगीतकार पोखरेलको सल्लाहअनुसार गीत फाइनल भयो । कतारमा खिचिएका रमाइला दृश्य तथा काठमाडौंमा खिचिएको लिप्सिङलाई सम्पादक टेकेन्द्र शाहलेसम्पादन गरेपछि यो गीतको भिडियो तयार भएको हो । 

हास्य अभिनय गरिरहेका कलाकारलाई रोमान्टिक भूमिका निर्वाह गर्न गाह्रो भएन ? 

दर्शकहरूलाई हामी केही नयाँ दिन चाहन्थ्यौं । दर्शकहरूले पनि हामीबाट केही नयाँ चाहनुभएको थियो । कलाकार भएपछि अभिनय नै गर्न त गाह्रो भएन, यद्यपि रोमान्टिक जोडीका रूपमा प्रस्तुत हुँदा केही अप्ठ्यारोचाहिं लागिरहेको थियो ।

भिडियोले यत्तिको सफलता पाउला भन्ने लागेको थियो ? 

हाम्रो जोडीको कामलाई दर्शकले माया गर्नुहुन्छ भन्ने कुरामा ढुक्क थियौं, तर यति धेरै सकारात्मक प्रतिक्रिया आउँछ भन्नेचाहिँ लागेको थिएन ।

प्रकाशित :पुस ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्