सर्वनामको मोवाईल फिल्म प्रतियोगीता

- साप्ताहिक संवाददाता

पुस ३, २०७४-

नेपालमा चलचित्र बनाउने प्रविधीको विकाश भै रहेको झनपछि झन बढ्दै गइरहेको बेला सर्वनामले मोवाइल फिल्म प्रतियोगीता आयोजना गर्ने भएको छ । राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा गरिएको पत्रकार सम्मेलनमा ‘दृश्यांश’ को दोस्रो संस्करण घोषणा गरिएको हो । ‘दृश्यांश’ को पहिलो संस्करणमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह, दिपक रौनीयार र सुशिल पौडेल निर्णायक रहेका छन् ।

प्रतियोगीताको बारेमा जानकारी दिदै ‘दृश्यांश’ को  संयोजक सम्पदा मल्लले युवा पुस्ताका जससंग कथा भएर पनि प्रविधीको कारणले खुम्चिएका पुस्तालाई यो प्रतियोगीताले मुलधारमा ल्याउन सहयोग गर्ने बताइन् । साथै मोवाइल चलचित्र प्रतियोगीता नेपालमा नयाँ सुनिए पनि विश्वमा यस्ता प्रकारका महोत्सब धेरै हुने बताउदै ‘दृश्यांश’ को पहिलो संस्करणमा करिब ४०० चलचित्र आएको र उत्साहजनक सहभागीता भएका कारण नै दोस्रो संस्करण गर्न हौसीएको बताइन् ।

कार्यक्रममा बोल्दै निर्देशक निश्चल बस्नेतले कुनैबेला आफूले चलचित्र बनाउने सोच्दा प्लेटफर्म नपाएको र धेरै भौतारिरहेको त कहिले प्रविधी अभावमा खुम्चिनु परेको तितो अनुभव सुनाउदै यस्ता प्रतियोगीताले चलचित्र बनाउन चाहने तर प्रविधीको कारणले खुम्चीएका प्रतिभालाइ मूलधारमा ल्याउने बताए । त्यस्तै अभिनाश विक्रम शाहले पहिलेको ‘दृश्यांश’को अनुभवको सुनाउदै पहिलो संस्करणमा पनि उत्कृष्ट चलचित्र आएको अनुभव बताए ।

अर्का जुरी सुशिल पौडेलले यो आफ्नो लागी नयाँ अनुभव भएको बताउँदै, विश्वमा सामान्य प्रविधीबाटै धेरै उत्कृष्ट चलचित्र बनेको सुनाए । मोवाइलबाट चलचित्र बनाउने प्रतियोगीता अबसर र चुनौति दुबै भएको उनको भनाई थियो ।

प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले मोवाइबाट खिची बनाइएको चलचित्र आयोजक लाइ बुझाउन सक्नेछन् । चलचित्रको अधिकतम समय ३ मीनेट हुनेछ । 

प्रतियोगीतामा पहिलो पुरस्कार नगद रु ७५००, दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव  दिइनेछ । साथै उत्कृष्ट चलचित्रहरुलाई सिनेमाघर एपमा राखीनेछ धेरै हेरिएको चलचित्रलाइ अडियन्स च्वाइस अवार्ड आइप्याड ९.७ इन्च प्रदान गरिनेछ । 

प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले माघ १७ गते सम्म सर्वनाम थिएटर कालिकास्थान वा info@sarwanam.org.np   मा चलचित्र पठाउन सक्नेछन्। 

 

प्रकाशित :पुस ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्