प्रमोद खरेलले गाए देउडा गीत

- साप्ताहिक संवाददाता

पुस ३, २०७४-

सुगम संगीतमा अहिलेका लोकप्रिय गायकमध्य पर्छन् प्रमोद खरेल । सयौ  चर्चित गीतका गायक खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् । पत्रकार डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टै’ बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।

उक्त देउडा गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी नाचेका छन् । शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । यसअघि यो समूहको सहकार्यमा बनेको देउडा गीत  ’हुन्यावाली जीवनसाथी’ चर्चित छ ।

देउडा खेल्छु चट्टैको मयूजिक भिडियो : 

 

प्रकाशित :पुस ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्