एवार्ड फिर्ता

- साप्ताहिक संवाददाता

पुस ३, २०७४

हालै युएईको आबुधाबीमा सम्पन्न एक एवार्ड कार्यक्रममा आफूले पाएको एवार्ड आयोजकलाई नै फिर्ता गरेर अभिनेत्री बेनिशा हमालले चर्चा पाएकी छिन् ।

म्युजिक भिडियोसम्बन्धी उक्त एवार्ड कार्यक्रममा एउटा म्युजिक भिडियोको मोडलका रूपमा नोमिनेसनमा परेकी बेनिशाले उत्कृष्ट मोडलको एवार्ड अर्की अभिनेत्री नम्रता सापकोटालाई दिएर उनलाई चाहिँ वर्षको पपुलर अभिनेत्रीको एवार्ड दिइएकाले एवार्ड फिर्ता गरेको बताइन्छ । ‘म उक्त विधाको एवार्डको हकदार होइन,’ वेनिशाले भनेकी छिन्– ‘आयोजकहरूले एवार्डको इज्जत राख्नुपर्छ ।’

आफू पपुलर अभिनेत्रीको क्याटगोरीमा नपर्ने उनको राय छ । यद्यपि आयोजकहरूले कार्यक्रमलगत्तै उनलाई नै उक्त एवार्ड थमाएका थिए । स्वर, मोक्ष, महसुस, कालोपोथी, किङ आदि चलचित्रमा काम गरेर पनि चर्चामा नआएकी बेनिशाले हालै प्रदर्शित चलचित्र ‘झ्यानाकुटी’बाट भने प्रशंसा पाएकी छिन् । 

 

प्रकाशित :पुस ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्