Teej banner

नाङ्गै खानपिन गरौं

- साप्ताहिक संवाददाता

पुस ३, २०७४

निवस्त्र हिँड्डुल गर्न चाहनेहरूको जमात बिस्तारै बढ्दै गएको छ । पहिले समुद्र तटमा निर्वस्त्र हुन चाहनेहरू बिस्तारै सहरभित्र पनि प्रवेश गर्न थालेका छन् । फेसनको राजधानी पेरिसमा निर्वस्त्र भएर हिँडडुल गर्ने पार्कको अभाव भएपछि उनीहरूको मागलाई सम्बोधन गर्दै सरकारले पेरिस सहरमै निर्वस्त्र हिँडडुल गर्न पाइने पार्कको व्यवस्था गरेको थियो । अहिले पेरिसमै ‘ओ नेचुरल’ नामको रेस्टुराँ सञ्चालनमा आएको छ । 

केबल डिनरका लागि मात्र सञ्चालनमा आएको यो रेस्टुराँमा खाना खान पहिल्यै सिट बुकिङ गर्नुपर्छ । बिमा कम्पनीका एक सेल्सम्यानले नयाँ परिकल्पनाका साथ सञ्चालनमा ल्याएको यो रेस्टुराँमा पुगेपछि एउटा कोठामा गएर आफूले लगाएर आएका सबै पहिरन खोल्नुपर्छ अनि रेस्टुराँले उपलब्ध गराएको चप्पल मात्र लगाएर डिनर टेबुलमा जान पाइन्छ । यो रेस्टुराँप्रति अहिले निर्वस्त्र हुन चाहनेहरूको आकर्षण बढिरहेको छ । युरोपमा यस्तो किसिमको रेस्टुराँ यसअघि लन्डनमा पनि सञ्चालनमा आएको थियो । 

 

प्रकाशित :पुस ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्