उपाधि दौडमा हिसिला र पूजा

- साप्ताहिक संवाददाता

पुस २, २०७४- 

युनिलिभरको उत्पादन लिरिल साबुनको ब्रान्ड अनुहार चयन गर्ने योजना अन्तर्गत संचालन हुँदै आएको ‘लिरिल फ्रेश फेश’ प्रतिस्पर्धाको सिजन फोरको प्रतिस्पर्धा अन्तिम मोडमा पुगेको छ । श्रृङ्खलाबद्ध रुपमा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको यो चयन प्रक्रिया अन्तर्गत गएको १३ डिसेम्बरमा प्रशारण भएको पाँचौं श्रृङ्खलाबाट यस पटकको सीजनमा विजेता हुने मुख्य दुई दाबेदार उपाधि दौडमा बाँकी रहेका छन् ।

टप टू फाइनलिष्टका रुपमा हिसिला महर्जन र पूजा प्रधान छनौटमा परेका छन् । टप फोर सम्म पुगेका कोपिला पोखरेल र श्रद्धा मैनाली गएको श्रृङ्खलाबाट एलिमिनेसनमा परेपछि यो सीजनको उपाधिका लागि हिसिला र पूजा वीच अन्तिम प्रतिस्पर्धा हुने भएको हो ।

गएको नोभेम्बर १५ तारिखमा पहिलो श्रृङ्खला प्रशारण भएसंगै प्रारम्भ भएको लिरिल फ्रेश फेस सिजन फोर सात श्रृङ्खला र आठ वटा टास्क राउन्ड संगै अन्तिम विजेता चयनमा गई सम्पन्न हुनेछ । यो प्रक्रियालाई कान्तिपुर टेलिभिजनमा हरेक बूधबार साँझ ७.३० बजे हेर्न सकिन्छ भने पून: प्रशारण बूधबार बेलुकी ११.३० बजे, बिहीबार बिहान १०.३० बजे र शनिबार बिहान ११ बजे हेर्न सकिन्छ । 

लिरिल फ्रेस फेश सिजन टू की विजेता शिक्षा संग्रौला र स्रिजल रुपाखेतीले संचालन गरिरहेको यो कार्यक्रममा फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल माल्भिका सुब्बा र ग्ल्यामर फोटोग्राफर किशोर कायस्थ निर्णायकका रुपमा रहेका छन् । 

 

 

प्रकाशित :पुस २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्