मिष्टर, मिस र मिसेस् राजधानी

- साप्ताहिक संवाददाता

पुस २, २०७४

 

हालै राजधानी शहरको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा विमोश बाबु श्रेष्ठ मिष्टर राजधानी, शर्मिला सापकोटा मिस राजधानी र पुष्पा निरौला मिसेस् राजधानी २०१७ का रुपमा चयन भएका छन् । 

मिष्टर राजधानी बनेका विमोश वेष्ट वाक र क्रिएटिभ ड्रेस विजेता समेत बन्न सफल भए । यता, मिस राजधानी विजेता शर्मिला ट्यालेन्ट अवार्ड पनि आफ्नो पोल्टामा पार्न सफल भईन् । मिसेस् राजधानी बनेकी पुष्पा भने भिअर च्वाइस विधामा अब्बल ठहरिएकी थिइन् । 

एक्सपोज् नेपाल डटकमको आयोजना र चाँदनी लामिछानेको कोरियोग्राफीमा संचालन भएको उक्त प्रतिस्पर्धामा प्रमोद के.सी. मिष्टर तर्फ, अलिशा शाही ठकुरी मिस तर्फ र अनिता थापा विष्ट मिसेस् तर्फ फस्ट रनर अप विजेता चयन भएका छन् । यसैगरी भेषराज खत्री मिष्टर तर्फ, सरिता नेगी मिस तर्फ र रिशा श्रेष्ठ मिसेस् तर्फ सेकेन्ड रनर अप छानिएका छन् ।

 

 

प्रकाशित :पुस २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्