Teej banner

बादी समुदायको एउटा पाटो ‘ऐलानी’

- साप्ताहिक संवाददाता

पुस २, २०७४

कविता तथा गजल लेखनमा आफूलाई अब्बल साबित गरेका विवेक ओझा पहिलो पटक उपन्यासका साथमा बजारमा आएका छन् । बादी समुदायको कथालाई केन्द्रमा राखेर लेखिएको उनको उपन्यास ‘ऐलानी’ गत साता मात्रै सार्वजनिक भएको हो ।

आख्यानकार अमर न्यौपाने, प्रोल्हास सिन्धुलीय र कुमारी लामाले संयुक्त रुपमा सार्वजनिक गरेको उपन्यासभित्र आफूले सत्य कुरा समावेश गरेको जिकिर गरेका छन् । 

उपन्यासमा लेखकले वादी समुदायको भोक, भोग र संभोगलाई मुख्य रुपमा उठान गरेको आख्यानकार अमर न्यौपानेले बताए । 

त्यस्तै साहित्यकार कुमारी लामाले वादी समुदायको बाध्यता के हो र उनीहरुको अवस्था कस्तो छ भन्ने विषयमा धेरै मनिसहरु अनभिज्ञ रहेको अवस्थामा ‘ऐलानी’ उपन्यासले उनीहरुको यथार्थ जस्ताको तस्तै बाहिर ल्याउँन मद्धत गरेको उल्लेख गरिन । 

साहित्यकार सिन्धुलियले वादी समुदाय सबैभन्दा पीछडिएको समुदाय भएको र उनीहरुको आर्थिक अवस्थाले गर्दा योन धन्दालाई जीवन गुजाराको माध्यम बनाउनु पर्ने बाध्यतालाई उपन्यासले न्याय गरेको बताए ।

यस अघि ओझाले गजल संग्रह ‘आवरण’ र ‘एक पाइला आकाशमा’ बजारमा ल्याइसकेका छन् ।

 

प्रकाशित :पुस २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्