सौगात मल्लको गज्जब नृत्य

- साप्ताहिक संवाददाता

पुस २, २०७४-

अभिनयमा अब्बल ठानिएका अभिनेता हुन्– सौगात मल्ल । प्राय सबैजसो चलचित्रमा जिवन्त अभिनय गरेका अभिनेतासौगातको गज्जबको नृत्य सार्वजनिक भएको छ । चलचित्र ‘पञ्चेबाजा’मा समावेश ‘घिन घिन मादल बज्यो’ बोलको गीतमा उनले गरेको अभिनय धेरैले मन पराएका छन् । 

चलचित्रको सार्वजनिक गीतमा अन्जु पन्त र डेविड शंकरको स्वर, प्रदिप भारद्धाजको शब्द, विकास चौधरीको संगीत समावेश छ । गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, वुद्धि तामाङ, श्रृजना सुब्बालाई फिचरिङ गरिएको छ । चलचित्रमा राजेश शाहीले लगानी गरेका छन् । 

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि घले लामाले छायांकन गरेका हुन् । घनश्याम लामिछानेले निर्देशन गरेका छन् । 

 

घिन घिन मादल बज्योको भिडियो : 

प्रकाशित :पुस २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्