गायक हेमन्त शर्माको मुटुभित्र मेरो

- साप्ताहिक संवाददाता

पुस १, २०७४

मेरो जीवनको पहिलो गीतको शीर्षक थियो– मुटुभित्र मेरो । यो गीत आजभन्दा झन्डै २३ वर्षअघि कुपन्डोलको साङ अडियो भिडियो स्टुडियोमा रेकर्ड भएको हो । नेपाल टेलिभिजनले म्युजिक भिडियो बनाउन यही गीत छनौट गरेपछि भैरहवास्थित हाम्रो सांगीतिक समूह अंकुरणका सहकर्मीहरूसहित काठमाडौं आएर उक्त गीत रेकर्ड गरिएको थियो । 

सरोज पन्तको शब्दको उक्त गीतमा मलगायत अंकुरण संगीत समूहका सहकर्मीहरूको संगीत सुन्न सकिन्छ । नेपाल टेलिभिजनको स्टुडियो तथा छतमा झन्डै एक घण्टा लगाएर छायांकार रत्नहजुर सेनले उक्त भिडियो छायांकन गर्नुभएको थियो । अहिले पनि कहिलेकाहीं नेपाल टेलिभिजनबाट यो गीत प्रसारण हुन्छ । आफ्नो जीवनकै पहिलो गीतको भिडियो हेर्दा आफैंलाई कस्तो–कस्तो लाग्छ । 

प्रकाशित :पुस १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्