बालबालिकाका लागि फेसबुक म्यासेन्जर

- साप्ताहिक संवाददाता

पुस १, २०७४-

फेसबुकले १३ वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि पनि म्यासेन्जर उपलब्ध गराएको छ । हाल १३ वर्षमुनिका बालबालिकाका लागि म्यासेन्जर चलाउन स्वीकृति छैन । यद्यपि १३ वर्षमुनिका २ करोड बालबालिकाले फेसबुक चलाएको पाइएको छ । यही कुरालाई मध्यनजर गरी अभिभावकको नियन्त्रणमा चलाउन सकिने गरी फेसबुक म्यासेन्जर तयार पारिएको हो । 

यो एउटा नियन्त्रित नेटवर्क हो, जसको प्रयोग गर्नुअघि अभिभावकको स्वीकृति आवश्यक हुन्छ । म्यासेन्जर किड्स नामक यो एप फेसबुकको म्यासेजिङ एपको साधारण तथा नियन्त्रित भर्सन हो ।

यदि म्यासेन्जर किड्समा कुनै दुई बालबालिका साथी बन्न चाहन्छन् भने उनीहरूको मित्रताको रिक्वेस्ट उनीहरूका आ–आफ्ना अभिभावकबाट स्वीकृत हुनुपर्छ । अभिभावकहरूले फ्रेन्ड रिक्वेस्ट एप्रुभ गरिदिएपछि मात्र बालबालिकाहरू आफ्ना साथीसँग म्यासेन्जर किड्समा लाइभ भिडियो च्याट गर्न तथा तस्बिर र टेक्स्ट म्यासेज पठाउन सक्छन् ।

यो एपमा बालबालिकामैत्री जिआइएफ, फ्रेम, स्टिकर, मास्क तथा ड्रइङ टुल्स आदिको पुस्तकालय पनि रहनेछ । यसबाट बालबालिकाले आफ्ना सामाग्रीहरू सजाउन तथा आफ्नो व्यक्तित्व अभिव्यक्त 

तगर्न  सक्छन् ।

प्रकाशित :पुस १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्