सिटी सेन्टर विन्टर फेस्ट

- साप्ताहिक संवाददाता

पुस १, २०७४-

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा आज शनिबारदेखि एक महिने विन्टर फेस्टिभल सुरु भएको छ । उक्त अवसरमा एडरिन प्रधान, फ्युजन मन्त्र, रोहित जोन क्षेत्री आदिले विभिन्न दिनमा लाइभ गीत–संगीत सुनाउनेछन् । 

बालबालिकाहरूको जाडोको बिदाको अवसर पारेर संचालित उक्त फेस्टिभलमा उनीहरूका लागि विन्टर वर्कसप, आर्ट एन्ड क्राफ्ट वर्कसप, सर्कस, नृत्य, कार्टुन क्यारेक्टर तथा क्रिसमसमा सान्ता क्लाउजसँग प्रत्यक्ष भेटघाटका कार्यक्रमहरू राखिएका छन् भने त्यहाँ जादु प्रदर्शनसमेत हुनेछ । फेस्टिभलभरि सिटी सेन्टरलाई विशेष ढंगबाट सजाइने र हरेक पसलमा सेल लगाइने कुरासमेत बताइएको छ । 

उक्त अवसरमा आगन्तुकहरूका लागि सरप्राइज गिफ्ट प्रदान गरिनुका साथै विभिन्न खेलहरू खेलाइने संयोजक रोजल शाहीले बताएका छन् । यो फेस्टिभल माघ १ गतेसम्म चल्नेछ । 

प्रकाशित :पुस १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्