एनकेबी भाइब्स

- साप्ताहिक संवाददाता

पुस १, २०७४

आज पुस १ गते शनिबार दरबारमार्गस्थित क्लब डेजा भूमा संचालन हुने ‘एनकेबी भाइब्स’ शीर्षकको सांगीतिक कार्यक्रममा गायक नवीन के. भट्टराई अतृप्त ब्यान्डसँगै लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेका छन् । साँझ ७ बजे प्रारम्भ हुने उक्त कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन गीत प्रस्तुत गर्नेछन् ।

टच इन्टरटेन्मेन्ट एन्ड स्पर्श फिल्म्सले आयोजना गर्ने कन्सर्टमा गायक भट्टराईको अतृप्त ब्यान्डले प्रत्यक्ष संगीत सुनाउनेछ । गायिका बबिता मानन्धरसमेत सहभागी हुने उक्त कन्सर्टपछि डिजे सेसन संचालन गरिनेछ भने त्यसमा डिजे शिशिरका साथमा डिजे रोलिङ तथा डिजे आशिक प्रस्तुत हुनेछन् । 

 

प्रकाशित :पुस १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्