धेरै पछि सुशील

- साप्ताहिक संवाददाता

मंसिर २९, २०७४-

चलचित्र सायद–२ को असफलतापछि गुमनामजस्तै भएका अभिनेता सुशील श्रेष्ठ बल्ल सार्वजनिक समारोहमा झुल्किन थालेका छन् । आफूले अभिनय गरेको चलचित्रले उत्कृष्ट व्यवसाय गर्न नसक्दा सुशीलले आफ्ना सम्पूर्ण सम्पर्क माध्यमहरू बन्द गरेर आफूलाई घरमै सीमित गरेका थिए ।

निर्माता सुनिल रावलले सायद–२ को असफलता बिर्सिसक्दा समेत यी अभिनेताले आफूलाई सम्हाल्न सकेका थिएनन् । झन्डै ६ महिनापछि बल्ल सुशील घरबाट बाहिर निस्किएका छन्, त्यो पनि नयाँ चलचित्रको नयाँ गेटअपसहित ।

चलचित्र लभ डायरिजमा अनुबन्धित श्रेष्ठले उक्त चलचित्रका लागि आफ्नो केश बढाएका छन् । सौरच चौधरीले निर्देशन गर्ने यो चलचित्रमा सुशीलले नयाँ अनुहार रुबिना थापासँग अनस्क्रिन रोमान्स गर्ने बताइन्छ । 

 

प्रकाशित :मंसिर २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्