अन्तर्राष्ट्रिय बियर महोत्सव

- साप्ताहिक संवाददाता

मंसिर २९, २०७४

तपाईं बियरको सौकिन हुनुहुन्छ भने यो उत्सव तपाईंकै लागि हो । विश्वका ६० थरीका स्थानीय तथा अन्तर्राष्ट्रिय बियरको स्वाद प्रदान गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय बियर महोत्सवको आयोजना हुँदैछ ।

हाउस अफ राजकर्णिकारको व्यवस्थापनमा संचालन हुन गैरहेको बियर महोत्सवमा नेपाल, अस्ट्रेलिया, बेल्जियम, थाइल्यान्ड, भियतनाम र अमेरिकाका बियरहरू पिउन पाइनेछ । महोत्सवमा विभिन्न परिकारको स्वाद लिन पाइनुका साथै क्रिसमसको किनमेल पनि आकर्षणमा रहनेछ । 

मिति : पुस १ गते, शनिबार

स्थान : टंगालउड, टंगाल

समय : दिउँसो १२ बजे

प्रवेश : २ हजार रूपैंयाँ प्रतिटिकट

 

प्रकाशित :मंसिर २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्