प्रोफाइल पिक्चर किन हटाएको

- संकलक : जीवन भट्टराई

मंसिर २८, २०७४

खडानन्दलाई पत्नीले माइतबाट फोन गरिन् ।

पत्नी : म त तिम्रो यादमा आधी नै घटिसकें यो १५ दिनमा, कहिले लिन आउँछौ ?

खडानन्द : अबको १५ दिनको भोलिपल्ट ।

खडानन्द शुक्रबारे बजार (हाट) मा टमाटर किन्न गए ।

खडानन्द : टमाटर कसरी दिएको भाइ ?

पसले : सय रुपैयाँ किलो ।

खडानन्द : ठीक–ठीक भन न भाइ ।

पसले : ठीक–ठीक ।

खडानन्दकी छोरीले घरबाट माइतीमा फोन गरिन् ।

छोरी : आमा, आज तपाईंको ज्वाइँसंग नराम्रो गरी झगडा पर्‍यो, म तीन–चार महिनाका लागि त्यतै बस्न आउँछु ।

खडु पत्नी : पख छोरी, झगडा ज्वाइँले सुरु गर्‍या हो । सजाय पनि उसैले पाउनुपर्छ । म नै तेरोमा बस्न आउँछु पाँच–छ महिनाका लागि ।

खडानन्द नेपाल बैंक लिमिटेडको शाखामा गए ।

खडानन्द : सर, मेरी पत्नी आज राति घरबाट भागी ।

बैंक कर्मचारी : हजुर, यो प्रहरी चौकी होइन, बैंक पो हो त ।

खडानन्द : म बैंकमै आको हजुर पैसो निकाल्न, भरे पार्टी गर्नु छ ।

खडानन्द र छोरा ।

खडानन्द : छोरा, गिन्ती सिकिस् त तैंले ?

छोरा : सिकें बुबा ।

खडानन्द : स्याबास, ल भन् त १, २, ३, ४ पछि के आउँछ ?

छोरा : ५, ६ ।

खडानन्द : राम्रो, अनि ...?

छोरा : ७, ८, ९, १० 

खडानन्द : धेरै राम्रो, अनि त्यसपछि...??

छोरा : गुलाम, मिस्सी, बास्सा ।

डेलिभरीभन्दा पहिले डाक्टर खडानन्दकी श्रीमतीसँग ।

डाक्टर : तपाईं डेलिभरीको समयमा बच्चाको बाउलाई छेवैमा देख्न चाहनुहुन्छ ? खडानन्दकी श्रीमती : नाइँ पर्दैन, ऊप्रति पहिलेदेखि नै मेरो बूढाले त्यसै शंका गरिरा’छ ।

जुवाडे खडानन्दसहित धेरैजना जुवा खेल्दै थिए तिहारमा । अचानक प्रहरीको भ्यान आयो । खडानन्द हत्तपत्त कुदेर प्रहरीको भ्यानभित्र सिटमा बसे ।

प्रहरी : हामी त तिमीहरूलाई नै पक्रन आएको, तिमीचाहिँ किन हत्तपत्त दौडेर भ्यानमा पस्या ...?

खडानन्द : पोहरको तिहारमा प्रहरी चौकीसम्म जान भ्यानभित्र सिट नपाएर उभिएको उभियै जानुपर्‍यो हजुर त्यही भएर नि !

खडानन्द र विद्यार्थी ।

खडानन्द : लु भन त, त्यो कुन चिज हो ? जसले मानिसको इज्जतलाई मजबुतसँग बाँधेर राख्या हुन्छ ...?

बिर्खे : सुरुवालको इजारले सर ।

खडानन्द र जीएफ ।

खडानन्द : प्रोफाइल पिक्चर किन हटाएको ?

जीएफ : राम्रो थिएन के, मेरो अनुहार, त्यही भएर ।

खडानन्द : ल भयो, आज देखि म अर्कै खोज्ने भएँ, तिम्रो अनुहार तिमी आफैंलाई त मन परेन 

भने, मलाई किन मन पर्नुपर्‍या छ र ...???

प्रकाशित :मंसिर २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्