‘कृ’को पोस्टर रिलिज

- साप्ताहिक संवाददाता

मंसिर २८, २०७४

अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’को रोमान्टिक पोष्टर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक गर्नु अगाडि यसको निर्माणपक्षले नायिका अदिती बुढाथोकीलाई पनि पोष्टरमा समावेश गरेको छ ।

यसअघि नायक अनमोल केसीको मात्र तस्बिर समावेश गरिएको पोष्टर सार्वजनिक गरिएको थियो । 

अनमोल र अदितीको रोमान्टिक पोष्टरले चलचित्रप्रति झनै उत्सुकता बढाएको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।  

चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र भुवन केसी निर्माता रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् । माघ २६ गतेबाट नेपालभर यो चलचित्र रिलिज हुनेछ । 

 

प्रकाशित :मंसिर २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्