Teej banner

फिर्केको अमेरिका यात्रा पक्का

- साप्ताहिक संवाददाता

मंसिर २७, २०७४

 

आगामी पुष २१ गतेबाट नेपाली सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘फिर्के’ अमेरिकाका विभिन्न शहरमा पनि प्रदर्शन हुने भएको छ । आगामी फेबु्रअरीबाट अमेरिकाका विभिन्न शहरमा यो चलचित्र प्रदर्शन तय भएको चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताएका छन् । लक्षिन फाउण्डेशनले यो चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागेको हो । 

‘ईकु’का नामले चलचित्र बजारमा चिनिएका सुलेमान शंकरको प्रस्तुतीमा बनेको चलचित्र रवि डंगोलले निर्देशन गरेका छन् । 

गाउँबाट शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको निर्माण यूनिटले जनाएको छ । चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ओमलाल गुरुङ् र राजेश श्रेष्ठले लगानी गरेको ‘फिर्के अभिमन्यू निरबीको लेखन रहेको छ । 

प्रकाशित :मंसिर २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्