सपनाको मोल

  • कविता

- टीएन रेग्मी

मंसिर २६, २०७४

तिम्रो क्यानडाको पीआर सपना

तिम्रो बाबुको गैरीखेत बिराएर धान रोप्ने सपना

यी दुई सपनाको आयतन कसरी समान हुन सक्छ ?

तिमीलाई देशले केही दिन नसकेको पिरलो

रहर होइन, बाध्यताले बिदेसिनुपरेको पिरलो

बाबुलाई दमको पिरलो

दम र डिभी, रोपाईं र पीआरलाई

कसले जोख्न सक्छ 

एउटै तराजुमा ?

कसले भन्न सक्छ 

कुनचाहिं मूल्यवान् ?

बिदेसिनुअघिको तिम्रो सपना

बाबुको सपना

भाइ–बहिनीको सपना

इष्टमित्र तथा साथीभाइको सपना

छिमेकी र तिम्रो गाउँको सपना

तिम्री आमाको सपना र 

देशको सपना

तिमी कुन सपनाको 

बाटो पछ्याउँदैछौ ?

तिम्रो आफ्नो

तिम्रो बाबुको

भाइबहिनीको

इष्टमित्रको

साथीभाइको

आफ्नै गाउँको

छिमेकको

तिम्री आमा र देशको

तिमी कुन सपनालाई आफ्नो 

भन्न रुचाउँछौ ?

भन मेरो प्रिय मित्र, 

कुनचाहिं सपनाको मोल 

सबैभन्दा छ ?

भन मेरो प्रिय मित्र,

कुन चाहिँ सपनाको मोल धेरै छ ?

प्रकाशित :मंसिर २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्