मिस्टर झोलेको ट्रेलर

- साप्ताहिक संवाददाता

मंसिर २६, २०७४

आगामी पुष २८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र मिस्टर झोलेमा दयाहाङ राई, वर्षा राउत, बुद्धि तामाङ, दिया पुन, प्रविन खतिवडा, अरुणा कार्की लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् । यस अघि उनले झोले नाम राखेर निर्माण गरेको चलचित्र सफल भएको थियो । रामबाबु गुरुङको कथा रहेको चलचित्रमा रौनकविक्रम कंडेल कार्यकारी निर्माताको रूपमा रहेका छन् । 

मिस्टर झोलेको ट्रेलर :- 

 

प्रकाशित :मंसिर २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्