विद्यार्थी डिजाइनरहरूको कला

- रोजिन शाक्य

मंसिर २६, २०७४-

नमुना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ अध्ययनरत विद्यार्थीहरू पूर्णिमा थापा, सोनी श्रेष्ठ, जेनिता योङहाङ, सलोरा घिमिरे, स्नेहलता आचार्य, अलिशा प्रधान तथा सुशान्त पुडाशैनीले परिकल्पना गरेका केही फेसन शैली : पूर्णिमा थापाको सिर्जनामा क्लासिक र मोर्डन टच पाइन्छ । उनको पहिरन शैलीमा सर्टको जस्तो कोलर भएको रातो रंगको रअ सिल्कमा तयार हुने ब्लाउज प्रमुख हो । यसमा नेक एरियामा इम्ब्रोइडरी डिटेल छ भने ब्लाउजको बाहुला भने बेल स्लिभ शैलीको छ । यो शैलीमा ब्लाउजको जोडा भने फ्लोर लेन्थ हाइ बेस्टेड फ्लेयर्ड स्कर्ट हुन्छ, जसमा इम्ब्रोइडरी इफेक्ट हुन्छ । सुहाउँदो शल, हाई हिल र हेभी झुम्काले यो पहिरनलाई पूर्णता प्रदान गर्छ । 

सोनी श्रेष्ठको सिर्जना बीसौं दशकताकाको सेमी क्याजुयल वेयरबाट प्रभावित छ । यसमा स्ट्ेरपसहितको वन् शोल्डर अफ तथा क्वार्टर स्लिभ भएको सिल्क साटनको डार्क मरुन टप छ । यसमा ब्ल्याक, ह्वाइट र ग्रे रंगको एब्स्ट्राक्ट प्रिन्ट प्रयोग भएको छ । यसको जोडाका रूपमा मुनितिर फेन्सी लेसको हाइलाइट भएको ह्वाइट कटन प्लाजो पाइन्ट छ । यसमा फ्लोरल ह्यान्ड प्रिन्ट अर्काे आकर्षक पक्ष हो । लाइट मेकअप, कर्ली हेयर स्टाइल तथा सिल्भर रंगको स्यान्डलबाट यो लुकले पूर्णता प्राप्त गर्छ । 

जेनिता योङहाङको कल्पना भने परम्परागत गुन्यू चोलोको परिमार्जित स्वरूप टप एन्ड स्कर्टको जोडामा समेटिएको छ । नी लेन्थ ए शेप्ड स्कर्ट तथा फिटेड ब्लाउज टपको जोडामा फ्रोस्टेड शिमर फ्याब्रिक र कन्ट्रास्ट ग्लिटर्स यो शैलीको मुख्य हाइलाइट हो । नेचुरल मेकअप, क्लासिक चेरी रेड लिपकलर यो स्टाइलका लागि सुहाउँदो हुन्छ । 

सलोरा घिमिरे भने यो पर्वको अवसरलाई नेपाली इन्डो फ्युजन शैलीमा सजाउने धुनमा छिन् । उनको सिर्जनामा माथिल्लो बडीका लागि ढाकाको कपडामा चौबन्दी शैलीको टप्स छ । यसको विशेषता फ्लाउन्स भएको पफी स्लिभ हो । यसको जोडामा घिमिरेले साटनको कपडामा काउल पाइन्ट तयार पारेकी छिन् । बलेरिना फ्ल्याट तथा गोल्डेन नोज रिङले यो लुकलाई पूर्णता प्रदान गर्छ । 

स्नेहलता आचार्यको सिर्जनामा घाँटीमा स्ट्रेपसहितको पहेंलो रंगको ब्रोकेड कपडामा तयार पारिएको हल्टर टप छ । यसको कम्मरमा क्रस शैलीमा स्ट्ेरप राखिएको छ । यो टपको जोडाका रूपमा हेमलाइनमा फ्लेयर भएको टियर्ड स्कर्ट छ । यसलाई सफ्ट पिंक प्लेन कटन ब्लेन्ड फ्याब्रिकमा तयार पारिएको छ । स्कर्टमा एम्बेलिस्ड भएको बेस्ट ब्यान्ड छ भने साइडमा ट्यासल्सका लेयरहरू छन् । 

अलिसा प्रधानको सिर्जना भने आवर ग्लास र पियर बडी शेप भएकाहरूका केन्द्रित छ । कट् अवे डिजाइन भएको वन् पिस शैलीको यो पहिरन मुख्यत: टिनएजरमा लक्षित छ । पहिरनको माथिल्लो अंश टप हो भने तलको अंश सर्कुलर छ, जसमा पछाडिको भाग लामो र अगाडिको भाग छोटो छ । यसको ट्रम्पेट स्लिभलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । टपका लागि भेल्भेट र स्कर्टका लागि रअ सिल्क सुझाव दिइएको छ । टप कालो रंग र स्कर्ट पहेंलो रंगमा जोडा मिलाइएको छ । 

सुशान्त पुडासैनीको कल्पना भने फैन्सी ब्लाउज र लङ सर्कुलर स्कर्टको जोडामा केन्द्रित छ । उजका लागि पिंक तथा स्कर्टका लागि ग्रिन कलर छनौट गरिएको छ । ग्लिटरी बोर्डर भएको ब्लाउज हल्टर शैलीमा छ । यसलाई आकर्षक स्वरूप दिन चेस्ट एरिया क्रस डिजाइनमा केही स्ट्रिङ राखिएको छ भने बेस्ट लाइनमा ट्यासल्स प्रयोग भएको छ । फ्लोर लेन्थ सर्कुलर स्कर्टमा भने पातका प्रिन्टको सुन्दर संयोजन छ । न्युड मेकअप, लेयर्ड हेयर स्टाइल, चंकी ज्वेलरी, प्लाटिनियम ब्रासलेट एवं स्टेलिटोअ् जुत्ताले यो शैलीलाई पूर्णता प्रदान गर्छन् । 

 

 

प्रकाशित :मंसिर २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्