सिकारी वकिल

- साप्ताहिक संवाददाता

मंसिर २६, २०७४

निक्की टाटे पेसाले वकिल भए पनि उनको सौख भने सिकार गर्नु हो । टेक्सासकी २७ वर्षीया निक्की प्राय: विकेन्डमा सिकार गर्न निस्कन्छिन् । उनी आफूले सिकार गरेको जनावरका साथमा तस्बिर खिचेर इन्स्टाग्राममा पोस्ट गर्छिन् । 

कतिपयले उनलाई जनावरको हत्या गर्नु हुँदैन भनेर सुझाव दिन्छन्, तर उनी ती सुझाव मान्ने पक्षमा छैनन् । म सिकार गरेको जनावर खादिनँ, बरु घरवारविहीन परिवारलाई खान दिन्छु । 

फेरि म प्रकृतिमा सन्तुलन ल्याउन मिल्ने जनावरको मात्र सिकार गर्छु । त्यसैले कृपया मेरो सौखलाई बुझिदिनुहोला, गुनासो गर्ने जनावर अधिकारवादीहरूसँग निक्कीको रिप्लाई हुन्छ । 

 

प्रकाशित :मंसिर २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्