पछि हटिन स्वेता खड्का

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७४

चलचित्र घोषणादेखिनै माघ २६ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘कान्छी’ अन्तत फागुन ४ गतेका लागि सरेको छ । यहि मितिमा भुवन केसीले आफ्ना छोरा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ पनि चलाउँने भएपछि स्वता खड्का एकसाता पछि सरेकी हुन् ।

स्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’मा दयाहाङ राई, प्रज्वल सुजल गिरी, अनु शाह लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । ‘कान्छी’ आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

आफ्नो चलचित्रको रिलिज मिति एकसाता पछि सारेकी स्वेताले आफूलाई भिड्न मन नलागेको बताएकी छिन् । ‘कृ’ टिमसँग धेरै छलफल गर्ने कोशिश गर्दा पनि कुनै निर्णय नभएपछि म आफैले रिलिज मिति सारेको उनको भनाई छ ।  

माघ २६ मा ‘कृ’ सोलो रिलिज हुने भएको छ । 

 

प्रकाशित :मंसिर २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्