चलचित्र विकास बोर्ड को नेतृत्वमा निकिता

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७४

चलचित्र विकास बोर्डले अध्यक्ष निकिता पौडेल नियुक्त भएकी छिन् ।  लामो समयदेखि अध्यक्ष बिहिन बनेको चलचित्र विकास बोर्डले आजबाट अध्यक्ष पाएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई बोर्डको अध्यक्षमा नियुक्ति गरेको गरेको हो । 

टिभी फिल्मी, गोपीकृष्ण मुभिज, र नेपाल चलचित्र विकाश कम्पनीको समेत अध्यक्ष रहेकी निकिता बोर्डमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । जेठ २४ गते निवर्तमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष बिहिन बनेको थियो ।

त्यसयता नयाँ अध्यक्ष नियुत्त नभएसम्म कामचलाउ अध्यक्षमा चलचित्र जाँचपास समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई नियुक्ति गरेको थियो । 

 

प्रकाशित :मंसिर २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्