मिष्टर टुरिजम वल्र्डमा पन्त

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७४

 

पर्यटन र पर्यटनसँग सम्बन्धीत विविध पक्षहरुको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा केन्द्रित पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिष्टर टुरिजम वल्र्ड’ को दोस्रो संस्करणमा नेपालका तर्फबाट प्रमेश पन्तले प्रतिनिधित्व गरेका छन् ।

यही डिसेम्बर १० देखि २२ तारिखसम्म म्यानम्यारमा संचालन हुने सो प्रतियोगितामा सहभागि हुन प्रमेशले आइतबार त्यस तर्फ प्रस्थान गरेका छन् । टुगेदर वी क्यान बिल्ड अ बेटर वल्र्डको नारा सहितको मिष्टर टुरिजम वल्र्ड २०१७ को फाइनल प्रतिस्पर्धा भने म्यानरमारको यानगोनस्थित नेसनल थिएटरमा संचालन हुनेछ । 

म्यानहन्ट इन्टरनेसनल नेपाल २०१३ का फस्ट रनर अप उपाधि विजेता प्रमेशले इन्टरनेसनल टुरिजम एण्ड हस्पिटालिटीमा स्नातोत्तर गरेका छन् । प्रमेशको मिष्टर टुरिजम वल्र्डको सहभागिताका लागि नेपालको आधाकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले संयोजन गरेको हो ।

यस अघि मिष्टर टुरजिम वल्र्डको पहिलो संस्करणमा गत नेपालका संगीत श्रेष्ठको सहभागिता थियो जसमा उनी फस्ट रनर अपको उपाधि जित्न सफल भएका थिए । 

 

प्रकाशित :मंसिर २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्