सलिन किन स्लो

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७४-

आफूले अभिनय गरेको पहिलो चलचित्र व्यवसायिक रूपमा सफल भएपछि त्यसका अभिनेता अथवा अभिनेत्रीहरू लगत्तै दोस्रो–तेस्रो चलचित्रमा आबद्ध हुन्छन् । अभिनेता सलिनमान बानियाँको हकमा भने यो कुरा लागू भएको छैन । ए मेरो हजुर–२ बाट रजतपटमा पदार्पण गरेका यी हेन्डसम अभिनेता उक्त चलचित्रको सफलतासँगै हराएका छन् । अभिनय क्षमता औसत रहे पनि बानियाँले आफ्नो लुक्स तथा हेयरस्टाइलका कारण प्रशस्त प्रशंसक कमाएका छन् ।

झरना थापाको खोज सलिनमानलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहने निर्माता–निर्देशकहरूको सूची लामै छ । यद्यपि उनले हरेक चलचित्रको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । निर्देशक झरना थापालाई मात्र उनले नाइँ भन्न सकेका छैनन् भने हुन्छ पनि नभनेको बताइन्छ । भनिन्छ, सलिनमान आफ्ना अभिभावकको आग्रह नकार्न नसकेरै ए मेरो हजुर–२ मा अभिनयका लागि तयार भएका थिए ।

सलिन पहिलो चलचित्र सफल अथवा असफल जे भए पनि त्यसपछि अभिनय नै नगर्ने पक्षमा थिए । ए मेरो हजुरको सफलतासँगै सेलिब्रेटीको छवि बनाएका सलिनमानले निर्देशक थापाकै लागि अन्य चलचित्र लत्याएका हुन् अथवा अभिनयमा दोहोरिन नचाहेका हुन्, निकट भविष्यमै थाहा हुनेछ । 

 

प्रकाशित :मंसिर २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्