कायाकिङ प्रतियोगिता

- राजाराम पौडेल

मंसिर २४, २०७४-

 

साहसिक खेलसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कास्कीको मोदी खोलामा सञ्चालित कायाकिङ प्रतियोगितामा अमेरिकाका डेभोन कालफन्ट प्रथम भएका छन् । प्रतियोगितामा सहभागी ३५ जनालाई पराजित गर्दै उनी पहिलो भएका हुन् । उक्त प्रतियोगितामा सिन्धुपाल्चोकका सुमन तामाङ द्वितीय तथा सिन्धुपाल्चोककै सुर्जन तामाङ तृतीय भए । 

यो प्रतियोगिता कास्कीको विरेठाँटीस्थित मोदी खोलाको करिब ३ सय मिटर क्षेत्रमा सञ्चालन गरिएको थियो । नेपाल कायक एन्ड क्यानोन क्लब तथा विरेठाँटी क्यानोनिङद्वारा सञ्चालित यो तीनदिने प्रतियोगितामा नेपालका २० प्रतियोगीका अतिरिक्त क्यानाडा, इंग्ल्यान्ड, अमेरिका, इटाली आदि देशका खेलाडी प्रतिस्पर्धी थिए भने प्रतियोगितामा सहभागी खेलाडीहरूले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिएको थियो । 

 

प्रकाशित :मंसिर २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्