नरगिसको विवाह

- एजेन्सी

मंसिर २४, २०७४-

अभिनेत्री नरगिस फाखरी तथा अभिनेता उदय चोपडा विवाह बन्धनमा बाँधिने सम्भावना बढेको छ । चलचित्र रकस्टारबाट चर्चामा आएकी नरगिस तथा उदय विगतमा प्रेमि–प्रेमिका थिए । यद्यपि उनीहरूको प्रेमसम्बन्ध बीचैमा टुक्रिएको थियो । एउटा एसएमसएका कारण टुक्रिएको सम्बन्ध अहिले आएर फेरि सुमधुर भएको बताइन्छ ।

उपचारका क्रममा अमेरिकामा रहेकी नरगिस मुम्बई आएर उदयकै घरमा सिफ्ट भएको बताइन्छ । उदयकी आमा पामेला चोपडाले पनि नरगिसलाई बुहारीका रूपमा स्वीकार गरिसकेकी छिन् । कुनै पनि बेला चोपडा निवासमा विवाहको ब्यान्ड बाजा बज्ने अनुमान बलिउडकर्मीहरूको छ । 

 

प्रकाशित :मंसिर २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्