बन्छु एन्जेलिना

- एजेन्सी

मंसिर २४, २०७४-

इरानकी १९ वर्षीया सहर तबरले इन्स्टाग्राममा अपलोड गरेको तस्बिरले सामाजिक सञ्जालमा अनौठो तरंग ल्याएको छ । सहरको धोको भनेकै हलिउड एक्ट्रेस एन्जेलिना जोलीजस्ती देखिनु हो । यसका लागि उनले ५० पटक शरीरका विभिन्न भागको प्लास्टिक सर्जरी गराएकी छिन् ।

उनले मुहारलाई मात्र दुरुस्त बनाउने प्रयास नगरी शरीरलाई पनि एन्जेलिनाजस्तै बनाउन ४० किलो तौल घटाएको दाबी गरेकी छिन् । सहरका बारेमा बेल्जियमको एक पत्रिकाले समाचार प्रकाशित गरे पनि उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेका तस्बिरप्रति भने कसैले विश्वास गर्न सकेका छैनन् ।

कसैले उनले फोटोसपको मद्दतले ती तस्बिर तयार पारिएको बताइरहेका छन् भने कसैले यो हुनै नसक्ने दाबा गरेका छन् । अब तपार्इं पनि उनको तस्बिर हेरेर के उनले साँच्चै प्लास्टिक सर्जरी गराएकी हुन् कि यो फोटोसपको कमाल हो, आफैं निर्णय गर्नुहोस् । 

 

प्रकाशित :मंसिर २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्