नेहालाई पछुतो छैन

- एजेन्सी

मंसिर २३, २०७४-

नेहा धुपियालाई बलिउडमा बिन्दास अभिनेत्रीका रूपमा लिइन्छ । आफ्ना नो–फिल्टर अभिव्यक्तिका कारण उनी बेला–बेलामा चर्चामा समेत आउँछिन् । हालै मात्र उनले आफ्नो करियर र संघर्षका बारेमा दिएको अभिव्यक्तिले उनलाई थप चर्चामा ल्याएको छ ।

अधिकांश अभिनेत्रीले पदार्पणका लागि बोल्ड चलचित्र छनोट नगर्ने परम्परा विपरीत यी अभिनेत्रीले चलचित्र जुलीमा यौनकर्मीको भूमिका निर्वाह गर्दै अभिनय यात्रा प्रारम्भ गरेकी थिइन् । चलचित्र असफल भए पनि नेहा स्थापित भइन् ।

नेहाले विगतमा आफूले निर्वाह गरेका भूमिकाका कारण कहिले कुनै पछुतो नमानेको स्पष्ट पारेकी छिन् । नेहा भन्छिन्– जूलीमा मैले यौनकर्मीको भूमिका निर्वाह गरेकोमा कुनै पछुतो छैन । त्यस प्रकारका चलचित्रहरू आजको मितिमा प्रदर्शन हुने हो भने धेरै एवार्ड जित्न सक्छन् ।

 

प्रकाशित :मंसिर २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्