अनुको चित्त दुखेपछि
मंसिर २३, २०७४
अभिनेत्री अनु शाहले रंग पत्रकारहरूसँग चित्त दु:खाएकी छिन् । फेसबुकमा एउटा लामो स्टाटस लेख्दै अभिनेत्री शाहले आफ्नो चित्त दु:खेको कुरा उल्लेख गरेकी हुन् । अनुले आफ्नो गल्ती नहुँदासमेत केही सञ्चारकर्मीले आफूलाई नराम्रो भनेर लेखिदिँदा चित्त दुखेको बताएकी हुन् ।
अनुले लेखेकी छिन्– चलचित्रको प्रचार–प्रसारमा मलाई किन हिंडिनँ भन्ने कुरा पनि बुझे हुन्थ्यो, भित्री कुरा के छ र के थियो, त्यो पनि बुझ्नुहोस् । म केही कुरा बाहिर ल्याउन, मुख खोल्न मन लाग्दैन । म सञ्चारमाध्यमबाट पनि टाढै बस्न रुचाउँछु ।
यसको मतलब यो होइन कि चलचित्र उद्योगमै मेरो मन छैन, मलाई कामको माया छैन । लेख्न पायो भन्दैमा जे पायो त्यही नलेख्नुहोस् ।
प्रकाशित :मंसिर २३, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्