पोखरामा नवीन के भट्टराई

- साप्ताहिक संवाददाता

मंसिर २२, २०७४-

भोलि शनिबार पप स्टार नवीन के भट्टराई पोखरामा घन्कँदैछन् । पोखरा लेकसाइडस्थित त्रिसरा पोखरा रेस्टुरेन्ट एन्ड लाउन्ज बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर नवीनलाई प्रस्तुत गर्न लागेको हो । साँझ ७ बजे प्रारम्भ हुने कन्सर्टमा भट्टराईले अतृप्त ब्यान्डका साथ झन्डै साढे २ घण्टा लामो लाइभ प्रस्तुति दिनेछन् ।

नेपाली स्वादमा अर्डरअनुसारका विभिन्न परिकार तथा पेय पदार्थका साथमा फेवातालको रात्रिकालिन दृश्य हेर्दै नवीनका गीत सुन्ने एउटा रमाइलो अवसर हो यो । प्रवेश नि:शुल्क रहेको कार्यक्रम हेर्न पुग्ने दर्शकले त्यहाँ उपलब्ध विभिन्न परिकारमा स्पेसल डिस्काउन्टसमेत पाउने बताइएको छ । 

 

प्रकाशित :मंसिर २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्