मण्डला थियटरमा मसानटार

- साप्ताहिक संवाददाता

मंसिर २२, २०७४

नेपालको विकट पहाडी क्षेत्रको एउटा गाउँ मसानटारमा प्रेतआत्माहरूको बसोबास हुन्छ । भौगोलिक विकटताबाट सहज हुन अनि रोजगारीका लागि त्यहाँ बस्ने मानिसहरू अन्यन्त्र सरेपछि गाउँ मसान सरह हुन्छ र त्यहाँ मृतकहरूको आत्मा बस्न थाल्छन् ।

प्रदीपकुमार चौधरीको लेखन तथा निर्देशनमा तयार पारिएको नाटक ‘मसानटार’ आइतबारदेखि अनामनगरस्थित मण्डला थियटरमा मञ्चन हुँदैछ । नाटकमा किरण श्रेष्ठ, सन्दीप खतिवडा, प्रत्रिका घिमिरे, आयान खड्का आदिले अभिनय गरेका छन् । यो नाटक पुस ३ गतेसम्म मञ्चन हुने बताइएको छ । 

 

प्रकाशित :मंसिर २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्