बिकिनीमा दीपिका

- एजेन्सी

मंसिर २१, २०७४-

बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला महत्वाकांक्षी चलचित्र पद्मावतीको प्रदर्शन मिति प्रतीक्षा गरिरहेकी छिन् । अदालतको रोक तथा विभिन्न समूहको विरोधपछि चलचित्रको प्रदर्शन मिति तय हुन सकेको छैन । यो कुराले चलचित्रका सम्पूर्ण युनिट झैं दीपिका पनि निराश छिन् ।

चलचित्रको प्रचार–प्रसारको कामसमेत रोकिएको छ जसका कारण दीपिकाले यो चलचित्रको प्रचार–प्रसारका लागि छुट्याएको समय खेर जाने भएको छ । फुर्सदको यो क्षणको सदुपयोग गर्न हालै उनी श्रीलंका पुगिन् । त्यहाँ पुगेर उनले फिल्मफेयर पत्रिकाका लागि स्विमसुटमा फोटोसुट गरिन् । तस्बिरमा उनी निकै सुन्दर देखिएकी छिन् ।

कालो स्विमसुट, स्मोकी आँखा तथा समुद्रको रमणीय लोकेसनको झलक ती तस्बिरमा देख्न सकिन्छ । फिल्मफेयरको आवरणमा दीपिका गुलाफी पुलओभरमा थप आकर्षक देखिएकी छिन् । 

 

प्रकाशित :मंसिर २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्